काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेर २ लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार भने सुन प्रतितोला २ लाख ९३ हजार ८ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर ५ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।








