समय : ०८:५३ am | मङ्गलबार , जेठ ५ गते २०८३

प्युठानका स्थानीय तहमा ७ करोड बढी बेरुजु

गौमुखी गाउँपालिकामा १ करोड २३ लाख ४५ हजार रुपैंया, रहेको छ ।

स्वर्गद्वारी अपडेट | जेठ ५ गते २०८३

प्युठान।प्युठानका स्थानीय तहमा बेरुजुको चाङ बनेको छ।दुई नगरपालिका र सात  गाउँपालिका गरी नौ स्थानीय तह रहेको प्युठानमा ७ करोड बढी रकम बेरुजु देखाइएको  हो।

आर्थिक वर्ष २०८१/०८२ मा महालेखा परीक्षक कार्यालयको ६३ औं प्रतिवेदन अनुसार बेरुजु रकम ७ करोड ७३ लाख १८ हजार रकम देखिएको छ। जसमध्ये सबै भन्दा धेरै प्युठान नगरपालिका रहेको छ, भने थोरैमा सरुमारानी गाउँपालिका रहेको छ।प्युठान नगरपालिकामा १ करोड ६७ लाख १५ हजार छ भने सरुमारानी गाउँपालिकामा २१ लाख ३७ हजार मात्र रहेको छ।

त्यस्तै स्वर्गद्वारी नगरपालिकामा १ करोड ३६ लाख ६ हजार रुपैंया,गौमुखी गाउँपालिकामा १ करोड २३ लाख ४५ हजार रुपैंया, झिमरुक गाउँपालिकामा ६८ लाख १५ हजार रुपैंया,ऐरावती गाउँपालिकामा ४२ लाख ८० हजार रुपैंया, मल्लरानी गाउँपालिकामा १ करोड ४ लाख ४६ हजार रुपैंया र माण्डवी गाउँपालिकामा ५१ लाख ४२ हजार रुपैंया रहेको प्रतिवेदनमा उल्लेख गरेको छ।      

प्रचलित कानुन बमोजिम पुर्‍याउनुपर्ने रीत नपुर्‍याइ कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको, बेमुनासिव तरिकाले आर्थिक कारोबार गरेको रकम कलमलाई बेरुजु भनिन्छ।

यो पनि पढ्नुहोस्