समय : १०:०१ pm | शनिबार , जेठ २ गते २०८३

प्युठानमा नदीमा डुबेर एक जनाको मृत्यु

उपचारकै क्रममा साँझ ५:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

स्वर्गद्वारी अपडेट | जेठ २ गते २०८३

प्युठान।प्युठानमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

प्युठान नगरपालिका–१ खैरा स्थित झिमरुक नदीमा सोहि निवासी श्रीधर आचार्यको छोरा अन्दाजी १४ वर्षीय नोबेल आचार्य पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय प्युठानबाट प्रहरी निरीक्षक हरि भट्टराईको कमाण्डमा गएको टोलीले उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाएको थियो।

उपचारकै क्रममा साँझ ५:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्