समय : ११:५२ pm | आइतबार , वैशाख १३ गते २०८३

चट्याङ लागेर प्युठानमा दुई जनाको मृत्यु

शनिबार दिउँसो माण्डवी गाउँपालिका वडा नम्वर २ रातापानीका दुई जना दिदिबहिनीलाई चट्याङ लागेको थियो।

स्वर्गद्वारी अपडेट | वैशाख १३ गते २०८३

प्युठान।प्युठानको गौमुखी गाउँपालिका–६, लिवाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ७० वर्षीय केदार बोहोरा क्षेत्री र २८ वर्षीय रामु बोहोरा क्षेत्री रहेका छन्।दुवैजना एकै घरका बाबुछोरा हुन।

गौमुखी गाउँपालिका वडा नम्वर ४ निवासी २४ वर्षीया सिर्जना न्यौपाने र गौमुखी गाउँपालिका वडा नम्वर ६ निवासी ५४ वर्षीया गमी बोहोराको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ।

शनिबार दिउँसो माण्डवी गाउँपालिका वडा नम्वर २ रातापानीका दुई जना दिदिबहिनीलाई चट्याङ लागेको थियो। २० वर्षीया कल्पना अधिकारी र १६ वर्षीया सपना अधिकारीको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्