प्युठान।सडक डिभिजन कार्यालय प्युठानले सडक मिचेर बनाइएका अस्थायी संरचना हटाउने भएको छ।गनाहा–चकचके–लिवाङ–दारबोट सडक खण्ड (NH-53) मा देखिएको अतिक्रमण हटाउन सार्वजनिक सूचना जारी गरेको हो।
वैशाख २ गते प्रकाशित सूचनाअनुसार उक्त सडक खण्डको प्रचलित ‘राइट अफ वे’ (Right of Way) भित्र विभिन्न व्यक्ति तथा संस्थाले व्यापारिक सामग्री राख्ने, निर्माण सामग्री थुपार्ने, अस्थायी तथा स्थायी संरचना निर्माण गर्ने तथा सडक किनारमा खुला व्यापार सञ्चालन गर्ने जस्ता गतिविधि गरेको पाइएको उल्लेख गरेको छ।
कार्यालयका अनुसार यस्ता अतिक्रमणका कारण सवारी आवागमनमा अवरोध उत्पन्न हुनुका साथै सडक मर्मत तथा निर्माण कार्यमा समेत समस्या सिर्जना भएको जनाएको छ। अन्यथा, कार्यालय आफैंले अनाधिकृत संरचना तथा सामग्री हटाउने वा भत्काउने कार्य अघि बढाउने चेतावनी दिएको छ।
यसरी हटाउने क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल गरिने पनि सूचनामा उल्लेख गरिएको छ।
सुचना यस प्रकार रहेको छ:-









