प्यूठान । प्यूठानमा टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
बिहान साढे ९ बजे माण्डवी गाउँपालिका ५ रम्दी सिक्रे निवासी ४८ वर्षिय याम बहादुर घर्तीको मृत्यु भएको हो । घर्तीले चलाएको लु ५१ प २०९४ को स्कुटरलाई चेरनेटाबाट बरौला तर्फ जाँदै गरेको ना. ८ प. २४२६ नम्बरको टिप्परले ठक्कर दिएको थियो । गम्भिर घाइते घर्तीलाई उपचारको लागि प्युठान अस्पताल लगिएको पनि अस्पतालले मृत्यु घोषणा गरिसकेको छ ।
टिप्पर चालक झिम्रुक गा. पा.–६ चिसाबाङ निवासी ५५ वर्षिय बिदुर के. सि.लाई प्रहरीले नियन्त्रणा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
प्यूठानमा टिप्परको ठक्करबाट मृत्यु








