समय : १०:२३ am | बिहिबार , चैत्र २६ गते २०८२

झिमरुकको सम्वृद्धिको आधार तयार हुँदै

झिमरुकले सुरुवातदेखि नै सडक सञ्जाललाई विकासको मेरुदण्ड मानेर काम गरेको छ।

स्वर्गद्वारी अपडेट | चैत्र २५ गते २०८२

प्यूठानको झिमरुक गाउँपालिका यतिबेला भौतिक पूर्वाधार विकासको तीव्र गतिमा अघि बढिरहेको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवालका अनुसार, स्थापनाकालदेखि नै झिमरूकले सडक, स्वास्थ्य, प्रशासनिक संरचना र आधारभूत सेवामा दीर्घकालीन प्रभाव पार्ने योजनामा विशेष प्राथमिकता दिएको छ।विकासका बहुआयामिक कामहरूले गाउँपालिकालाई ग्रामीण क्षेत्रबाट व्यवस्थित र पहुँचयुक्त स्थानीय तहको नमूनातर्फ उन्मुख गरिरहेका छन् ।

सडक पूर्वाधारमा ऐतिहासिक लगानी

झिमरुकले सुरुवातदेखि नै सडक सञ्जाललाई विकासको मेरुदण्ड मानेर काम गरेको छ।मुख्य प्राथमिकतामा रहेको बागदुला-भिमगिठे मार्गलाई गाउँपालिकाको केन्द्रसम्म पक्की बनाउने लक्ष्यसहित काम अघि बढाइएको छ।

गत वर्ष बागदुला-बतासी डाँडा-जिम्मुरखरा खण्डको ५ दशमलव ३३ किलोमिटर सडक स्तरउन्नति गरिएको थियो।यसले यातायातलाई सहज बनाउनुका साथै स्थानीय उत्पादन बजारसम्म पुयाउन सहयोग पुगेको छ। हाल सोही खण्डको १ दशमलव ८ किलोमिटर सडक कालोपत्रे गर्न टेन्डर प्रक्रिया अगाडि बढाइएको छ। यससँगे सबै वडा कार्यालयसम्म पुग्ने ग्राभेल सडक निर्माण सम्पन्न भइसकेको छ।यसले प्रशासनिक सेवा लिन नागरिकलाई भोग्नुपरेको सास्ती घटाएको छ ।थप रूपमा, सबै वडालाई छुने गरी झिमरूक रिङरोड निर्माणको काम पनि अघि बढिरहेको छ, जसले भविष्यमा यातायात सञ्जाललाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

स्वास्थ्य पूर्वाधारमा गुणात्मक फड्‌को

स्वास्थ्य सेवा पहुँच विस्तार गर्न गाउँपालिकाले उल्लेखन खनीय पहल गरेको छ।ढाँडा क्षेत्रमा १५ शैया आधारधारभूत अस्पताल निर्माणाधीन अवस्थामा छ।यसै वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको प्रमुख प्रशासक संकीय अधिकृत सेजुवालले जानकारी दिए।अस्पताल संचालनमा  आएपछि सामान्यदेखि मध्यमस्तरका उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता घट्ने विश्वास गरिएको छ।यसैबिच पालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेको छ।सुविधासम्पन्न भवनले प्रवाहलाई सेवा व्यवस्थित र प्रभावकारकारी बनाएको छ।

वडा कार्यालय लिएर प्रशासनिक सुदृढीकरण झिमरूकमा वडा संरचना सुदृढीकरण पनि प्राथमिकतामा परेको छ। वडा नम्बर ८ को कार्यालय भवन निर्माण बाँकी रहे पनि वडा नम्बर २ को कार्यालय यसे वर्ष निर्माण सम्पन्न हुने क्रममा छ।वडा नम्बर २ को भवन बनेपछि सबै वडामा आफ्ने कार्यालय रहनेछन्, जसले  स्थानीय तहको प्रशासनलाई स्थायी र व्यवस्थित समेत बनाउनेछ।  

कृषि खेलकुद र खानेपानीमा समानान्तर प्रगति  

गाउँपालिकाले कृषि उत्पादनको संरक्षण र बजारीकरणलाई ध्यानमा राखेका छ।मच्छी बजारमा चिस्थान केन्द्र निर्माण भइसकेको छ, जसलाई यसै वर्ष सञ्चालनमा ल्याइने तयारी छ।कोल्ड स्टोर सञ्चालनमा आएपछि किसानहरूले तरकारी तथा फलफूल सुरक्षित राख्न सक्नेछन् र बजार मूल्य अनुकूल हुँदा बिक्री बक्री गर्न सक्ने वातावरण बन्नेछ।खेलकुद पूर्वाधारतर्फ महिराके खेलमैदान निर्माणका लागि सरकारी जग्गा संरक्षण गरी तीव्र गतिमा काम अघि बढाइएको छ।यसले युवा पुस्तालाई खेलकुदमार्फत् स्वस्थ र सक्रिय तर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।जीवनशैली साझेदारी संस्थाहरूको सहयोगमा लगभग सबै वडामा खानेपानी सेवा विस्तार भइसकेको छ।सुरक्षित र स्वच्छ पानीको पहुँचले स्वास्थ्य र जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याएको स्थानीयको अनुभव छ।

दीगो विकासको जग

समग्रमा हेर्दा झिमरुक गाउँपालिका भौतिक पूर्वाधार निर्माणमार्फत् दीर्घकालीन विकासको जग बसाल्ने दिशामा अघि बढिरहेको छ।सडक सञ्जाल विस्तार, स्वास्थ्य संस्थाको स्तरोन्नति, प्रशासनिक भवन निर्माण, कृषि पूर्वाधार विकास र खानेपानी सेवा विस्तारले गाउँपालिकालाई व्यवस्थित र आत्मनिर्भर बनाउने आधार तयार भइरहेको छ।

प्रमुख प्रशासकीय अधिकृत सेजुवालका अनुसार ‘हामीले पूर्वाधारलाई विकासको मूल आधार मानेर दीर्घकालीन सोचका साथ योजना अघि बढाएका छौं। नागरिकले प्रत्यक्ष लाभ पाउने खालका कार्यक्रमलाई प्राथमिकता दिएका छौ।’ झिमरुकको यो पूर्वाधार अभियानले निकट भविष्यमा स्थानीय अर्थतन्त्र, सेवा प्रवाह र जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

यो पनि पढ्नुहोस्