समय : ०२:४३ am | बुधबार , चैत्र २४ गते २०८२

लायन्स फुलबारीद्वारा स्ट्रेचर हस्तान्तरण

स्वर्गद्वारी अपडेट | चैत्र २४ गते २०८२

प्रकाश वैद्य, प्युठान। जिलाको सामाजिक सेवामा अग्रसर सामाजिक संस्था लायन्स क्लब अफ प्युठान फुलबारीले मुक्ती मा.बि रातामाटा जुनियर रेडक्रस सर्कललाइ स्ट्रेचर हस्तान्तरण गरेको छ।
मंगलबार क्लबका अध्यक्ष छन्द बहादुर बस्नेतको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल District 325 n का first vice district governor टिकस्राम चपाइको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मुक्ती मा.बि रातामाटा बिद्यालयका प्रधानाध्यापक दामोदर बिष्टले स्वागत गर्दै बिद्यालयको बर्तमान शैक्षिक अवस्था तथा ऐतिहासिक पृष्ठभुमिकाबारे प्रस्ट्याएका थिए।
कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष सुन्दरा के .सि.ले विद्यार्थीहरु बिरामी हुदा प्राथमिक उपचारमा सहयोग पुग्ने हेतुले क्लबले स्ट्रेचर प्रदान गरेकोमा धन्यवाद ब्यक्त गर्दै बिद्यालयको शैक्षिक उन्नयनमा आगामी दिनमा साथ र सहयोग गर्न आग्रह गरेकी थिइन्। जुरेसका विद्यार्थी सुबास पुरिले विद्यार्थीहरुको समस्या बुझेर स्ट्रेचर प्रदान गरेकोमा क्लबलाइ धन्यबाद ब्यक्त गरे ।
कार्यक्रममा २ थान स्ट्रेचर हस्तान्तरण गरिएको थियो भने, जिल्ला तथा डिस्ट्रिकका लायन्स लिडर ,शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्