समय : १०:१० pm | शुक्रबार , चैत्र २० गते २०८२

प्यूठानमा सहकारी दिवस मनाइयो

’उनले भने–‘सहकारीका सदस्यहरुले उत्पादन कृषि उपचहरुको विक्रीका लागि हामी सधै तयार छौं।’

राधिका भुषाल | चैत्र २० गते २०८२

प्यूठान।शुक्रवार ६९ औं राष्ट्रिय सहकारी दिवस भव्य रुपले मनाइएको छ।‘उद्यमशील र पारदर्शीता:सहकारीको आवश्यकता’ भन्ने मुख्य नारालाई आत्मसाथ गर्दै दिवस मनाइएको हो।

प्यूठान नगरपालिका ३ जुम्रीस्थित नागवेली बहुउदेश्यीय सहकारी संस्थाद्धारा सञ्चालन गरिएको थोक बजारबाट विजुवारसम्म ¥याली पछि औपचारीक कार्यक्रम गरिएको थियो।प्यूठान नगरपालिका भित्रका सहकारीहरुको उपस्थितीमा भएको कार्यक्रममा सहकारीलाई उद्यमीलतामा जोड्न जरुरी रहेको औल्याइएको थियो।सहकारी दिवसको शुभकामना दिंदै राष्ट्रिय कृषि आधुनिकीकरण कार्यान्वय इकाईका कार्यालय प्रमुख चुमान गिरीले उद्यमशीलता प्रवद्र्धनका लागि थुप्रै संघ संस्थाहरु सञ्चालनमा आएको बताए । ‘हरेक संस्थाका सदस्यहरु उद्यमशीलतासंग जोडिनुहोस् ।’उनले भने–‘तपाईलाई साथ सहयोग र हौसला प्रदान गर्न हामी आएका छौं।’ सहकारी बचत र लगानीमा मात्र समिति नभई उद्यमशीलतालाई हरेक सहकारी लाग्नु पर्ने उनले बताए।

त्यस्तै बचत तथा ऋण जिल्ला संघका अध्यक्ष भोज बहादुर बस्नेतले प्यूठान नगरपालिकाले उत्पादनमा आधारित अनुदानलाई प्रभावकारी बनाउनु पर्ने बताए । 

नागवेली बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष विष्णु पाण्डेले विभिन्न सहकारीका सदस्यले उत्पादन गरेका कृषिजन्य सामाग्रीहरु थोक बजारमा विग्री वितरण गर्दा विचौलीबाट बच्न सकिने बताए।‘हामीले सयौं सहकारी सञ्चालन गरेका छौं तर, हामीलाई चाहिने कच्चा पर्दाथ अनेत्र ठाउँबाट ल्याउन बाध्य छौं।’उनले भने–‘सहकारीका सदस्यहरुले उत्पादन कृषि उपचहरुको विक्रीका लागि हामी सधै तयार छौं।’ आफ्नो क्षेत्रमा उत्पादन भएका जुनसुकै बस्तुहरु जति परिमाणमा भएपनि खरिद गरी विक्री वितरण गर्नका लागि नागवेली सहकारी संस्थाले संकलन केन्द्र सञ्चालनमा ल्याएको उनले बताए।सम्पुर्ण संस्थाहरु प्रतिनिधित्व गर्दै सहारा महिला बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष नारायणी पौडेलले आफ्नो धारणा राखेकी थिइन।

संघका अध्यक्ष सुशील पोखरेलले सहकारीको नियमन जरुरी रहेको बताउदै एक सहकारी एक उत्पादनको अवधारणा मार्फत संस्थाहरु सञ्चालन गरिनु पर्ने बताए।जिल्ला सहकारी संघको आयोजनमा संघका उपाध्यक्ष माधव के.सी.को स्वगत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन राधिका भुसालले गरेकी थिइन्। 

यससंगै प्यूठान अन्य स्थानिय तहहरुमा पनि सहकारी दिवस भव्य रुपले मनाइएको छ।

यो पनि पढ्नुहोस्