समय : ०२:१९ pm | बिहिबार , चैत्र ५ गते २०८२

सुनको मूल्य घट्यो

सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु १४० ले घटेको हो।

स्वर्गद्वारी अपडेट | चैत्र ५ गते २०८२

प्युठान । स्थानीय बजारमा बिहीवार सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु १४० ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १० कायम भएको छ । हिजो बुधवार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १५० कायम भएको थियो ।

गत मङ्गलवार एक तोला छापावाल सुन रु तीन लाख नौ हजार ९०० र एक तोला चाँदी रु पाँच हजार ३३५ कारोबार भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यो पनि पढ्नुहोस्