समय : ०४:३९ pm | मङ्गलबार , फागुन २६ गते २०८२

शपथ ग्रहण-जगत प्रसाद पोखरेल

यदि देशको मुहार फेर्न छ भने तिमीले खाएको शफत ग्रहण जनताको पासो होइन हासो छाओस।।

स्वर्गद्वारी अपडेट | फागुन २६ गते २०८२

तिमीले खाएको त्यो शपथ ग्रहण

जनताको पासो नबनोस

तिमीले खाएको त्यो शपथ ग्रहण

यहाँ जनताको हासो छाओस् ।

यदि तिमि देश प्रमि हौ भने

यहाँ लिपुलेख, लिम्पियाधुरा रोएको छ

यहाँ महाकाली रोएको छ

नेपाली युवा बिदेशी भूमिमा रगत पसिनाले तड्पिरहेछ।

हजारौ युवा युवती बिदेशी कोठीमा पुर्याईरहेको छ

यदि यो राष्ट्र सम्बृद बनाउने हो भने

तिमीले खाएको शपथ ग्रहण

जनताको पासो होइन जनताको हासो बनोस।

यहाँ सहिदहरुको रगतले

यो देशको माटो कंक्रिड भएको छ

जनताको आशुले यहाँ सागर बनेको छ

ति युवाहरु बिदेशिन बाध्य पारिएको छ।

भ्रष्टाचारले देश गन्ह्याएको छ

कृषि,परनिर्भरतामा फसेको छ

खाधान्न निर्यात होइन आयात भएको छ

यहाँ बिचौलियाहरुले देश डुवाईरहेछन।

तिमीले खाएको शपथ ग्रहणले

भ्रष्टाचार मुक्त देश बनोस

तिमीले खाएको शपथ ग्रहणले

जनताको पासो होइन हासो छाओस।

नेपाल नेपालीको देश सुन्दर बनाउन चाहान्छौ भने

नेपाल आमालाई सम्झी शपथ खाउँ तिमी

मातृभुमिको माटो मुठीमा राखी शपथ खाउ तिमी

यदि तिमीलाई यो देशको माया छ भने।

प्रकृतिको धनि छ यो देश

जलस्रोत को धनि छ यो देश

बन जंगल र जडीबुटी धनि छ यो देश

तराइको अन्न भण्डारको यो देश।

खनिज पदार्थको धनि छ यो देश

तर तो देश भिकारी बनिरहे छ

देश सुन्दर बनाउन छ भने तिमी

आत्मा साछी राखी।

प्रण गर तिमी

देशमा नौलो बिहानी ल्याउन

सम्वृद्धिको बाटो

लाग्नु पर्छ तिमी।

धन डनको पछी नलाग

सम्वृद्धिको पाइला चाल

यदि देशको मुहार फेर्न छ भने

तिमीले खाएको शपथ ग्रहण

जनताको पासो होइन हासो छाओस।।       

यो पनि पढ्नुहोस्