समय : ०५:०३ pm | सोमबार , फागुन २५ गते २०८२

प्युठानमा ६ उम्मेदवारको सय मत कटेन

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्युठानमा १४ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए ।

लव कुमार अधिकारी | फागुन २५ गते २०८२

प्युठान।प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्युठानमा प्रतिस्पर्धा गरेका कतिपय उम्मेदवारले १०० मतसमेत कटाउन सकेका छैनन्।प्रत्यक्ष तर्फ निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार यस क्षेत्रमा ६ जना उम्मेदवारले १०० मत पनि ल्याउन नसकेको देखिएको छ।

आयोगका अनुसार नेशनल रिपब्लिक नेपाल माहुरी चिन्हबाट उठेका तारा सिङ थापाको ९४ मत, मंगोल नेशनल अर्गनाइजेशन भाले चिन्हबाट उठेका हर्क बहादुर पुन ८१ मत, नेपाली जनता दल बिमल प्रसाद पोखरेल सिट्ठी चिन्हबाट उठेका ७८ मत, प्रलोपाबाट उठेका श्यामलाल गहतराज ५० मत, नेपाल कम्युनिष्ट पार्टी(संयुक्त) नविन कुमार कक्षपति ४५ मत, आम जनता पार्टी मोवाइल चिन्हबाट उठेका रोम बहादुर थापा मगर ४३ मत प्राप्त गरेका हुन्।   

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्युठानमा १४ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए ।

यो पनि पढ्नुहोस्