समय : ०७:५७ pm | बुधबार , फागुन २० गते २०८२

प्युठानमा बन्दैछन् दुई सय तिस मतदान केन्द्र

जिल्लाभर भने १ लाख ६५ हजार ४०६ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।

स्वर्गद्वारी अपडेट | फागुन २० गते २०८२

प्युठान।भोलि हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्युठानमा दुई  सय तिस वटा मतदान केन्द्र निर्माण कार्य भइरहेको छ।बिहानैदेखि कर्मचारीहरु मतदान केन्द्र बनाउन जुटिरहेका छन्।

एक वटा निर्वाचन क्षेत्र रहेको प्युठानमा १५८ वटा मतदान स्थलमा २३० केन्द्र रहेका छन्।भोलि हुने निर्वाचनका लागि आज रातिसम्ममा मतदान केन्द्र तयार गरिसक्नुपर्ने हुन्छ।

जिल्लामा ४ सय ६४ जना मतदान अधिकृत र सहायक अधिकृत परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत हिरण्य भण्डारीले जानकारी दिएका छन्।

जिल्लाभर भने १ लाख ६५ हजार ४०६ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।

यो पनि पढ्नुहोस्