समय : १२:१९ pm | शुक्रबार , फागुन १ गते २०८२

रोल्पामा सुनिलस्मृती उत्कृष्ट,थबाङ अन्तिम

७२.७५ अंक प्राप्त गरि जिल्लामै उत्कृष्ट भएको छ ।

स्वर्गद्वारी अपडेट | फागुन १ गते २०८२

प्युठान। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मुल्याङ्कनमा सुनिलस्मृती गाँउपालिका रोल्पामा जिल्लामै उत्कृष्ट भएको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मुल्याङ्कनमा रोल्पा जिल्लामै सुनिलस्मृती गाँउपालिका रोल्पा उत्कृष्ट भएको हो । ७२.७५ अंक प्राप्त गरि जिल्लामै उत्कृष्ट भएको छ ।

त्यस्तै ७२.०३ अंक प्राप्त गरि गंगादेव गाँउपालिका द्धितिय, ६८.८८ अंक प्राप्त गरि परिबर्तन गाँउपालिका तृतिय, ६७.८६ अंक प्राप्त गरि सुनछहरी गाँउपालिका रोल्पा चौठो, ६६.२३ अंक प्राप्त गरि लुङ्ग्री गाँउपालिका पाचौं, ६३.२३ अंक प्राप्त गरि माडि गाँउपालिका छठौं, ६१.९३ अंक प्राप्त गरि त्रिबेणी गाँउपालिका सातौं, ५८.७८ अंक प्राप्त गरि रोल्पा नगरपालिका आठौं, ५५.१३ अंक प्राप्त गरि रुन्टिगढी गाँउपालिका नबौं र ४९.२३ अंक प्राप्त गरि थबाङ गाँउपालिका रोल्पा दशौं भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मुल्याङ्कनमा रहेको छ ।

यो पनि पढ्नुहोस्