समय : ०४:२१ pm | आइतबार , पौष ६ गते २०८२

सहमति पछि नगरप्रमुख भण्डारीको कार्यक्षको ताला खोलियो

बिद्यालयका शिक्षक खड्कालाई सोहि बिद्यालयमा पठनपाठनको लागि फिर्ता भएपछि ताला खोलिएको अध्यक्ष खनालले बताए।

स्वर्गद्वारी अपडेट | पौष ५ गते २०८२

प्युठान।स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीको कार्यकक्षमा लगाइएको ताला खोलिएको छ।शिक्षक सरुवाको बिषयमा बुधबार नगर प्रमख सहित शिक्षा शाखा र बाल संस्कृत माध्यमिक बिद्यालयको कार्यालयमा ताला लगाइएको थियो।

स्वर्गद्वारी नगरपालिका -२ स्थित बाल संस्कृत माध्यमिक बिद्यालयका स्थायी शिक्षक बसन्त बहादुर खड्कालाई नगरपालिकाको शिक्षा शाखामा तानिए पछि सो बिबाद उत्पन्न भएको थियो।

बुधबार लगाइएको ताला शुक्रबार बेलुकी करिव ५ बजे नगर प्रमुख सँग सहमति भएपछि ताला खोलिएको सोहि बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु खनालले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए।

बिद्यालयका शिक्षक खड्कालाई सोहि बिद्यालयमा पठनपाठनको लागि फिर्ता भएपछि ताला खोलिएको अध्यक्ष खनालले बताए।  

यो पनि पढ्नुहोस्