समय : ०६:०२ pm | आइतबार , पौष ६ गते २०८२

शिक्षक सरुवाविरुद्ध नगरप्रमुखको कार्यक्षमा तालाबन्दी

पालिकाले शिक्षामा गरेको राजनीतिकका कारणले दिनदिनै शैक्षिक स्तर खस्केको समेत खनालले बताए।      

स्वर्गद्वारी अपडेट | पौष ४ गते २०८२

प्युठान।शिक्षक सरुवामा विभेद गरेको आरोप लगाउँदै स्वर्गद्वारी नगरपालिकाको नगर प्रमुखको कार्यकक्ष र शिक्षा, युवा तथा खेलकुद शाखा र बाल संस्कृति माविको कार्यालयमा तालाबन्दी गरेको छ।नगरपालिकाले शिक्षक दरबन्दी मिलानको बहानामा मनोमानी ढंगले आफूखुसी शिक्षक सरुवा गर्ने निर्णय गरेकाले तालाबन्दी गरेको हो।

२०८२ मंसिर ४ गते कार्यपालिकाको निर्णयले बाल संस्कृत माध्यामिक बिद्यालयका स्थायी  शिक्षक बसन्त बहादुर खड्कालाई नगरपालिकामा कामकाजको लागि सरुवा गरेको हुँदा तालाबन्दी गरेको सोहि बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु खनालले बताए।‘यस शिक्षक सरुवा बिषयमा पलिकालाई पटक–पटक जानकारी गरेको हो’ उनले भने,‘२ महिना पहिले नगरपालिकाले शिक्षक फिर्ता गर्नको लागि १ हप्ताको अल्टिमेटम समेत दियो तर पालिकाले कार्यन्वयन गरेन।’ शिक्षक खड्काले पढाउने बिषय २ महिना खाली भयो तर पालिकाले शिक्षामा गरेको राजनीतिकका कारणले दिनदिनै शैक्षिक स्तर खस्केको समेत खनालले बताए।       

बिद्यालय व्यवस्थापन समिति विघटन गरि सबै जिम्मा कार्यपालिकाले लिन पर्यो होइन भने बिद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार यसरी खोस्न नहुने भन्दै सरुवाको निर्णय फिर्ता नहुन्जेल चर्को आन्दोलन समेत हुने अध्यक्ष खनालले भने।

उता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव भट्टराईले दरबन्दी मिलानका कारणले घर पायक पर्ने शिक्षकहरुलाई मिलाएका हौ कानुन नै मिचेर शिक्षक सरुवामा हस्तक्षेप गरेका होइनौ बिद्यालय व्यवस्थापन समितिलाई जानकारी समेत रहेको अधिकृत भट्टराईले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए।

बिद्यालय व्यवस्थापन समितका पदाधिकारी, शिक्षक सरोकारवाला र अगुवाहरुले  नगर प्रमुखको कार्यकक्ष र शिक्षा, युवा तथा खेलकुद शाखा र बाल संस्कृति माविको कार्यालयमा बिहिबार तालाबन्दी गरेका हुन्।

यो पनि पढ्नुहोस्