प्यूठान।नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता बामदेव गौतम रिसाएका छन्।प्युठान नगरपालिका -४ जुम्री स्थित कालिका गेष्ट हाउसमा भएको पत्रकार भेटघाट कार्यक्रममा पत्रकारको प्रश्नमा रिसाएका हुन्।
बिहिबार प्रेस सेन्टर नेपाल र समाजबादी प्रेस संगठन नेपाल प्युठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता गौतमलाई एक पत्रकारले तपाई किन आउनुभयो? भन्ने गरेका थिए।प्रश्न नसकिदै नेता गौतमले यस प्रश्न फिर्ता लिन ति पत्रकारलाई आग्रह गरेका थिए।पत्रकारको प्रश्नमा नेता गौतमले म नेपाली नागरिक होकी होइन ? किन आउनु भएको भन्न मिल्छ ? दश औला जोडेर कुनै पनि पत्रकारले यस्ता प्रश्न नगर्न आग्रह समेत गरेका थिए।
भेटघाट कार्यक्रममा नेता गौतमले जिल्लामा सडक बिस्तार र खानेपानीलाई प्राथामिकता राखेर काम गरेका बताए।थप्दै उनि भन्छन्,‘झिमरुकमा ट्यांकी बनाएर दाखाक्वाडीका जनताले पानि खान पाएका छन्।’ त्यस्तै अरु ठाउँमा मैले बनाउन पाएन कसैले भन्नु भएन, मैले धेरै कामको सुरुवात गरेको छु बाटोघाटो,जलबिद्दुत परियोयोजना समेत निर्माण गरेको नेता गौतमले बताए।
त्यस्तै, गौतमले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादको परिकल्पना गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।








