समय : ०१:४८ pm | शुक्रबार , मंसिर १९ गते २०८२

प्युठानमा भरूवा बन्दुक सहित एक जना पक्राउ

स्वर्गद्वारी अपडेट | मंसिर १७ गते २०८२

प्युठान।सरूमारानी गाउँपालिका-६ पाङकोट बस्ने ४२ वर्षीय मान बहादुर बुढालाई भरूवा बन्दुक २ थान सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बडडाँडा र इलाका प्रहरी कार्यालय भिंग्रीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो।भरुवा बन्दुक जस्तो देखिने २ थान,पेस्तोल जस्तो देखिने ३ थान, फलामको छर्रा -३५ र पलास्टिक सिसि २ थान सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो पनि पढ्नुहोस्