समय : ०७:४६ pm | बिहिबार , मंसिर ४ गते २०८२

करदाता सेवा कार्यालय प्यूठानद्वारा ९ करोड बढी राजस्व सङ्कलन

स्वर्गद्वारी अपडेट | मंसिर ४ गते २०८२

प्युठान।करदाता सेवा कार्यालय प्यूठानले चालु आर्थिक वर्षको चार महिनामा रु ९ करोड बढी राजस्व सङ्कलन गरेको छ।कार्यालयले साउनदेखि कात्तिक मसान्तसम्ममा रु १३ करोड ४१ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु ९ करोड ६८ लाख ३७ हजार सङ्कलन गरेको हो। 

कार्यालयका अनुसार पहिलो चौमासिकको राजस्व सङ्कलन लक्ष्यको ७२ प्रतिशत मात्र सङ्कलन भएको हो।करदाता सेवाले यो अवधिमा उठाएको मध्ये आयकर, मुअ कर र अन्त शुल्क कर राजस्वमा सबभन्दा धेरै उठेको हो।

आर्थिक वर्ष ०८१/८२ असार मसान्तसम्म ६० करोड ९७ लाख ४४ हजार ४ सय ६० रूपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा ५० करोड २९ लाख २१ हजार ७९८ रूपैयाँ मात्र राजस्व उठाएको थियो।यस वर्ष ६४ करोड ९ लाख ६९ हजार राजस्व उठाउने लक्ष्य राखेको नि.कार्यालय प्रमुख हेतुराम पुनले बताए।  

करदाता सेवा कार्यालयले प्युठान र रोल्पाको ३ स्थानीय तह बाहेक अन्य तहहरुका करदाताबाट राजस्व उठाउदैं आएको छ।

यो पनि पढ्नुहोस्