समय : ०१:१० pm | बुधबार , मंसिर ३ गते २०८२

माण्डवीमा निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

स्वर्गद्वारी अपडेट | मंसिर २ गते २०८२

प्युठान।जिल्लाको माण्डवी गाउँपालिकामा चार दिने निःशुल्क मोतिबिन्दु स्क्रिनिङ क्याम्प र शल्यक्रिया शिविर सञ्चालन गरिने भएको छ।

माण्डवी गाउँपालिकाको आयोजना र नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित आँखा अस्पताल(NABP NORWAY) को आर्थिक तथा प्राविधिक सहयोगमा हुन लागेको हो।

माण्डवी गाउँपालिका तिराम स्वास्थ्य चौकी मंसिर ४ गते, मर्कावांङ स्वास्थ्य चौकी मंसिर ५ गते र उदयपुरकोट स्वास्थ्य चौकीमा मंसिर ६ स्क्रिनिङ क्याम्प हुने र ७ गते माण्डवी आधारभूत अस्पताल देविस्थानमा नि:शुल्क मोतिबिन्दुको शल्यक्रिया हुने माण्डवी गाउँपालिकाले जनाएको छ।

माण्डवी गाउँपालिका वडा-३ र ५ का वडावासीहरुको स्क्रिनिङ ७ गते बिहान ८ बजे माण्डवी आधारभूत अस्पताल देविस्थानमा हुनेछ।   

जेठ १४  गते माण्डवी गाउँपालिकामा नेपाल नेत्रज्योति संघ राप्ति आँखा अस्पताल लमहीको डाक्टर/प्रोफेसर प्रदिप बास्तोलाको नेतृत्वमा १५ जना स्वास्थ्यकर्मीहरुको टोलिले २ सय २५ जनाको आँखा परिक्षण गरि ५० जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो।

यो पनि पढ्नुहोस्