समय : ०१:४५ pm | बुधबार , मंसिर ३ गते २०८२

प्युठानमा सुर्य थापाले भने: सेना कहाँ छ ? प्रहरी कहाँ छ ?

यदि माफी मागेनौ भने यहि मौकामा आत्मसमर्पण गरेनौ भने घिसारेर फेरी कारवाही गर्छ एमाले सँग त्यो तागत छ।’

स्वर्गद्वारी अपडेट | कार्तिक ३० गते २०८२

प्युठान।नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले जिल्ला प्रशासनको सूरक्षालाई लिएर आक्रोश पोखेका छन्।शनिबार प्यूठान सदरमुकाम खलंगा स्थित बसपार्कमा आयोजना भएको जनसभामा बोल्दै नेता थापाले सेना कहाँ छ ? प्रहरी कहाँ छ ? भनेका हुन्।

उनले अन्य पार्टीको केन्द्रबाट एमाले पार्टी कार्यालय जलाउन आदेश गरिएको समेत ब्यक्त गरेका छन्।अपराधीहरु, चंगालहरु,जस्ले आवेगमा आगो झोस्ने काम गरेका हौ माफी माग माफी मागेपछि क्षमा दिने तागत एमाले सँग भएको जिल्ला इन्चार्ज थापाले बताए।थप्दै उनले भने, ‘यदि माफी मागेनौ भने यहि मौकामा आत्मसमर्पण गरेनौ भने घिसारेर फेरी कारवाही गर्छ एमाले सँग त्यो तागत छ।’ एमालेले अहिले संकेत गरेको छैन, एमाले संयमित भएको छ, एमाले धर्यवान भएको छ एमालेको पार्टी कार्यालय जलाउदा करोडौको क्षति हुँदा संयमित भएको समेत प्युठान इन्चार्ज थापाले बताए।  

जिल्लाका विभिन्न ठाउँबाट एमालेका नेता, कार्यकर्ता, जेनजी, शुभेच्छुहरु कार्यक्रममा सहभागी भएका थिए।    

यो पनि पढ्नुहोस्