समय : ०४:४५ pm | बिहिबार , कार्तिक २७ गते २०८२

अधिकारी समाज प्युठानको जिल्ला भेला

भेलाले  सर्वसम्मत रुपमा तपसिल बमोजिमका पदाधिकारी चयन गरेको छ।

स्वर्गद्वारी अपडेट | कार्तिक २२ गते २०८२

प्युठान।अधिकारी समाज प्युठानको प्रथम जिल्ला भेला सम्पन्न भएको छ।माण्डवी गाउँपालिका-३ नयाँगाउँ स्थित माण्डवी माध्यमिक बिद्यालयको सभाहलमा सम्पन्न भएको हो।

शनिवार श्रीकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा अधिकारी समाजका  केन्द्रीय उपाध्यक्ष नारायण प्रसाद अधिकारीले पानसमा बत्ति बालेर उद्घाटन गरेका हुन्।नेपालको इतिहासमा एक मात्र ब्राह्मण राज्य उदयपुरका प्रथम राजा जसुधर उपाध्याय अधिकारी ‘कार्की’ र उहाँका उत्तराधिकारीहरु समेतले सत्र पुस्तासम्म उदयपुर राज्यको राजकाज सञ्चालन गरेको इतिहास बारे उपाध्यक्ष अधिकारीले प्रस्ट पारेका थिए।

सोही कार्यक्रमका विशेष अथिति तथा माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी ‘रोशन’ले अधिकारीहरुको बन्धुत्व कायम गर्ने, सबै पुस्तालाई जोड्ने र बंशजमा एकता कायम राख्न अधिकारी समाजले ठुलो भूमिका खेल्ने बताए।

त्यस्तै माण्डवी गाउँपालिका वडा-३ का वडाध्यक्ष धनेन्द्र कार्कीले अधिकारीले राज्य संचालन गरेको ठाउँमा प्रथम भेला अधिबेशन भएको हुँदा नयाँ कार्य समितिलाई बधाई तथा  शुभकामना दिएका थिए।      

कार्यक्रममा गिरिराज अधिकारी, भोला अधिकारी, हेमराज अधिकारी, नर बहादुर अधिकारी र दण्डपानी अधिकारीले शुभकामना मन्तब्य राखेका थिए।

भेलाले  सर्वसम्मत रुपमा तपसिल बमोजिमका पदाधिकारी चयन गरेको छ।अध्यक्ष दिपेन्द्रराज अधिकारी, उपाध्यक्ष शान्त बहादुर अधिकारी कार्की, सचिव भेषराज अधिकारी, कोषाध्यक्ष बलराम अधिकारी, सहसचिव दीर्घराज अधिकारी, सदस्यहरुमा द्रोण अधिकारी, देवीराम अधिकारी, नारायणी अधिकारी, टेकप्रसाद अधिकारी, बामदेव अधिकारी र लव कुमार अधिकारीलाई चयन गरेको हो ।

यो पनि पढ्नुहोस्