समय : ०४:४५ pm | बिहिबार , कार्तिक २७ गते २०८२

चकचकेमा खैराका महिलाले नचाए तरवार

ऐतिहासिक द्धितिया चकचके मेला करिब करिव २ हजार बढि दर्शकले अवलोकन गरेको छन्। 

स्वर्गद्वारी अपडेट | कार्तिक २१ गते २०८२

प्यूठान।तिहार पछिको द्धितिया तीथिको अवसरमा चकचके मेलामा प्यूठान नगरपालिका १ खैराका महिलाहरुले तरवार नचाएका छन्।पछिल्लो समय तरवार नाँचमा महिलाहरुको आर्कषण बढ्न थालेको छ।

शुक्रवार माण्डवी गाउँपालिका ५ चकचके स्थित मेलामा महिलाहरुले तरवार नचाएका हुन।करिब २० जनाको समुहमा आएका महिलाहरुले देउसी भैलो समेत खेलेका थिए।उक्त मेलामा मारुनी, सोरठी र  देउसी भैलो समेत खेलेका थिए।

ऐतिहासिक द्धितिया चकचके मेला करिब करिव २ हजार बढि दर्शकले अवलोकन गरेको छन्। आगामी दिनमा मेलालाई अझै व्यवस्थित गर्दै लैजाने मेला आयोजकले जानकारी दिए।

साथै उक्त मेलामा लायन्स क्लव उदयपुरकोटले नि:शुल्क स्वास्थ्य परिक्षण ,परामर्श तथा माक्स वितरण गर्नुका साथै बच्चाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाएका थिए।

यो पनि पढ्नुहोस्