समय : ०२:१२ pm | आइतबार , मंसिर २१ गते २०८२

रोल्पामा जिप दुर्घटना चालकको मृत्यु

दुर्घटनामा लुंग्री गाउँपालिका–७ हर्जनका ४० वर्षीय खिमबहादुर पुन, लुंग्री–४ सालडाँडाकी २७ वर्षीया भावना गिरी र उनकी ५ वर्षीया छोरी शान्ति गिरी घाइते भएका छन्।

स्वर्गद्वारी अपडेट | कार्तिक १३ गते २०८२

रोल्पा । रोल्पामा गएराति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

गएराति करिब पौने १० बजेतिर सुनिलस्मृति गाउँपालिका–४ धुलेओडारमा लु २ च ८०१५ नम्बरको पिकअप जिप सडकबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

किलाचौरबाट सुलिचौरतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा सुनछहरी गाउँपालिका–६ का ३२ वर्षीय चालक थम्मन रोका मगरको उपचारका क्रममा मृत्यु भएको हो। उनको बिहीबार बिहान पौने ३ बजे प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा निधन भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा लुंग्री गाउँपालिका–७ हर्जनका ४० वर्षीय खिमबहादुर पुन, लुंग्री–४ सालडाँडाकी २७ वर्षीया भावना गिरी र उनकी ५ वर्षीया छोरी शान्ति गिरी घाइते भएका छन्।

सुलिचौरमा प्रारम्भिक उपचारपछि तीनै जनालाई थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा रेफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे स्थानीयवासीले राति सवा १० बजेतिर इलाका प्रहरी कार्यालय सुलिचौरमा सूचना दिएका थिए। त्यसपछि प्रहरी निरीक्षक अनिलकुमार चौधरीको नेतृत्वमा ११ जनाको टोली घटनास्थल पुगेको र घाइतेहरूलाई उद्धार गरी राति साढे १ बजे अस्पताल पुर्‍याएको बताइएको छ।

यो पनि पढ्नुहोस्