समय : ११:२९ pm | आइतबार , मंसिर २१ गते २०८२

प्यूठानमा मानव कङ्काल फेला

स्वर्गद्वारी अपडेट | कार्तिक ९ गते २०८२

प्युठान।झिम्रुक गाउँपालिका-६ साल्ले सामुदायिक वनमा मानव कङ्काल फेला परेको छ।जिल्ला प्रहरी कार्यालयमा प्युठानमा दिएको निवेदनका आधारमा खोजतलास गर्दा उत्त कङ्गाल फेला परेको हो।

गतवर्ष असोज २७ गतेदेखि सम्पर्कविहीन भएका प्युठान नगरपालिका वडा न-१० बल्देका ७० वर्षीय भेग बहादुर सुनारको रहेको पुष्टि भएको प्रहरीले बताएको छ।मृतकका छोरा सागर सुनारले कङ्गाल सनाखत गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी निरञ्जन रिजालले जानकारी दिए।


लामो समयदेखि बेपत्ता उनको खोजी भइरहेकोमा शनिबार स्थानीयले जङ्गलमा मानव कङ्गाल देखेपछी प्रहरीलाई खबर गरेका थिए।घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्