समय : ०५:२६ pm | शनिबार , कार्तिक ८ गते २०८२

कस्तो छ आजको मौसम पूर्वानुमान ?

स्वर्गद्वारी अपडेट | कार्तिक ७ गते २०८२

काठमाडौँ । जल तथा मौसम विज्ञानले हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

हाल  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ भने गण्डकी प्रदेशकापहाडी भू-भागका एक-दुई स्थानमा हल्का बर्षा भइरहेको जानकारी दिएको छ ।

आज सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना  रहेको छ ।

यो पनि पढ्नुहोस्