प्युठान।प्युठानमा ५ स्थानमा बिद्दुतीय गाडी(ईभी)को चार्जिंङ स्टेसनहरु संचालनमा रहेका छन्।
प्युठान नगरपालिका पुण्यखोला र बाग्दुला,स्वर्गद्वारी नगरपालिका भिंग्री, सरुमारानी गाउँपालिका दर्भान र माण्डवी गाउँपालिका-३ जस्पुरमा २ ठाउँमा चार्जिंङ स्टेसनहरु रहेका छन्।
प्युठानमा पहिलो पटक चार्जिंङ स्टेसन विस्तार गरेको जस्पुरमा हो भने यहाँ २४ घण्टा सेवा उपलब्ध हुनेछ।
प्युठान र रोल्पामा गरि सार्वजनिक सेवा दिईरहेका बिद्दुतीय गाडी(ईभी)हरु करीब ३५ वटा जति रहेको जस्पुर चार्जिंङ स्टेसनका लगानीकर्ता प्रकाश भण्डारीले जानकारी दिए।








