प्यूठान।दसैंको टीका लगत्तै प्यूठानका किसानलाइ धान भित्र्याउने चटारो भएको छ।धान उत्पादनको पकेट क्षेत्र मानिने प्यूठानको झिमरुक र माडी फाँटका किसानलाइ खेतमा पहेँलपुर भएको धानवाली भित्र्याउन भ्याइनभ्याइ हुन थालेको हो।
हिजो आज झिमरुक उपत्यका क्षेत्रका किसान धान काट्न, स्यार्न र बोक्नमै व्यस्त देखिन्छन।यसपाली ढिलोसम्म मनसुन रहेकाले किसानले समयमा धान भित्र्याउन पाएका छैनन्।चाँडो बाली तयार हुने जीटेन, अराज ६४४४, एम पी ३०३०, रामधान लगायतका धान पाकेर दाना झर्ने अवस्था भइसकेकोले धान भित्र्याउन हतार भइसकेको ऐरावती गाउँपालिका-६ बैरनी दमारका किसान टुकलाल आचार्यले बताए।यसपाली धान भित्र्याउने बेला वर्षा भएकोले केही दिन धान खेतमै भिज्यो तर क्षति नभएको उनले बताए।

ऐरावती गाउँपालिका-६ बैरिनीका किसान लालमणी पाण्डेले पहिलेको तुलनामा यसपाली धान उत्पादन बढेको उनले सुनाए।हाईब्रिट बिउले राम्रो गरेको छ।तर समयमा रासायनिक मल आउँन सकेन।स्थानीय सरकार आइसकेपछी प्राय सबै खेतका कुलोहरु पक्की बनेका छन् जसले गर्दा हामीलाई थप सजिलो भएको बताए।
प्यूठानको झिमरुक फाँटमा सिँचाई कुलोको पानी लाग्ने भएपछि यहाँका किसानले चाँडै नै रोपाईं सकाएका थिए।पानी नपरेको भए यहाँका किसानले धान भित्र्याइ सकेका हुन्थे।धान काट्न यहाँका किसानले पर्मियु तथा ज्यालादारीमा हसियाको प्रयोग गर्दछन।किसानहरु आधुनिक कृषि औजारमा आकर्षित हुँदै गएपनि कतिपयको आर्थिक अवस्थाका कारण औजार किन्न नसकेकाले परम्परागत औजार हँसियाकै सहारामा धान काट्ने गरेको छन।