समय : ०८:४९ am | सोमबार , मंसिर १५ गते २०८२

प्युठान तरुण दलले भन्यो-‘झ्याप्प झ्याप्प बत्ती नकाट’

पत्रमा जिल्लामा कृषि उत्पादन हुने कयौं जमिनहरुलाई बाँझो राख्दै बिद्दुत उत्पादनमा।

स्वर्गद्वारी अपडेट | असार ३० गते २०८२

प्युठान।प्युठानमा पटक –पटक बत्ती जाने समस्या हुँदा नेपाल तरुण दल प्युठानले ध्यानाकर्षण गराएको छ।सोमबार तरुण दल प्युठानका जिल्ला अध्यक्ष कृष्ण प्रसाद बसेल (रोयल कृष्ण)ले  जिल्ला प्रशासन कार्यालय प्युठानलाई  ध्यानाकर्षण पत्र बुझाएको हो।  

बिद्दुत उत्पादित जिल्लामा यस्तो प्रकारको अघोषित लोडसेडिङले बिद्दुत प्रभावित जिल्लाका नागरिकहरुको सहज बिद्दुत आपूर्ति गर्न पाउने अधिकारलाई कुण्ठित मात्र गरेको छैन आम प्यूठानी जनताको अपमान गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ।

पत्रमा जिल्लामा कृषि उत्पादन हुने कयौं जमिनहरुलाई बाँझो राख्दै बिद्दुत उत्पादनमा सहजीकरण गरेका आम जनताहरुको यो किसिमको अपमानका बिरुद्ध नेपाल तरुण दल जिल्ला कार्यसमिति प्युठान चरणबद्ध आन्दोलन गर्ने सम्बन्धित निकायहरुलाई जानकारी गराउन चाहेको लखेको छ।

तत्काल यो समस्याको सामाधान नभएसम्म नागरिकस्थरबाट दबाब मुलक कार्यक्रम सहित नेपाल तरुण दल जिल्ला कार्य समिति प्युठानले आफ्ना बिरोधका कार्यक्रमहरुलाई निरन्तरता दिने जानकारी गराउदै सम्बन्धित निकायहरुलाई तत्काल समस्याको समाधान गर्न ध्यानाकर्षण गरेको नेपाल तरुण दल प्युठानका अध्यक्ष बसेल (रोयल कृष्ण)ले जानकारी दिए।    

यो पनि पढ्नुहोस्