समय : १०:०० am | आइतबार , असार २९ गते २०८२

प्युठान बनाएरै छाड्छौंः मन्त्री राणा

म यो ठाउँमा भोली रहुँला नरहुँला तर प्युठानका निम्ति चार वटै संसद एकै ठाउँमा उभिएर प्युठानको विकासको खाका तयार गर्न समेत मन्त्री राणाले आग्रह गरेका छन्।

स्वर्गद्वारी अपडेट | असार २० गते २०८२

प्युठान।लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा(रोज राणा)ले चुनवताका प्युठानी जनतालाई गरेको बाँचा एक इन्च पनि पछाडी नफर्कने बताएका छन्।उनले नेपाल पत्रकार महासंघ प्युठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यसो भनेका हुन्।  

शुक्रबार प्युठान नगरपालिका-४ स्थित होटल आयुष्मामा पत्रकार भेटघाट कार्यक्रममा मन्त्री राणाले म अघिल्लोपटक सरकारमा भईरहँदा बाग्दुला दम्ती र स्याउलिवाङको मोटरबाटोमा ४२ करोड १५ लाख बजेट बिनियोजन गरेर त्यो काम भईरहेको बताए।यस पटक समपुरक योजनामा म पैदल  हिडेको बाग्दुला देखी मच्छीसम्मको बाटोमा ३० करोड बजेट बिनियोजन गरेको समेत भेटघाट कार्यक्रमा प्रस्ट पारेका थिए।   

म यो ठाउँमा भोली रहुँला नरहुँला तर प्युठानका निम्ति चार वटै संसद एकै ठाउँमा उभिएर प्युठानको विकासको खाका तयार गर्न समेत मन्त्री राणाले आग्रह गरेका छन्। ‘बजेटको नाममा बिरोध गर्ने पनि शैली हुन्छ तरिका हुन्छ बिरोधका निम्ति बिरोध नगरौ मिलेर गरौ।’उनले भने,‘प्युठान विकासमा धेरै पछाडी परेको छ तर हामी गन्तव्यमा पुग्दैछौ प्युठानको विकासमा चारवटै संसदको भूमीका उत्तिकै रहेको छ।’ मेरो मन्त्रालय मार्फत ७१ करोड ४२ लाख ५६ हजार र भौतिक पूर्वाधार मन्त्रालयले ४९ करोड ९५ लाख बजेट प्युठानमा विनियोजन गरेको समेत मन्त्री राणाले बताए।  

यसैबीच,उनले सामाजिक संजालमा केहि यस्ता अभिव्यक्ति छन् जो दु:खद छन् ति अभिव्यक्ति सेयर गर्दा एकछिन खुसी लाग्ला तर यस्ता अभिव्यक्तिले प्युठानका जनताले सधै सराप्ने समेत मन्त्री राणाको भनाई छ।                   

मन्त्री राणाको पहलमा आर्थिक वर्ष २०८२/८३ असार १ गते सार्वजनिक भएको बजेटमा प्यूठानका १२ वटा सडकहरूले प्राथमिकताका साथ बजेट पाएको हो।

१२ वटा सडकहरूमा ६ करोड रुपियाँ बजेट विनियोजन गरेका छन्।निर्वाचनका बेला मन्त्री राणाले प्यूठान जिल्लाका सडकहरूमा उल्लेख्य सुधार हुने र बजेट प्राप्त ल्याउने प्रतिबद्धता जनाएका थिए।सोही प्रतिबद्धताअनुसार राणाले १२ वटा सडकहरूमा बजेट विनियोजन गरेका हुन्।ती १२ सडकहरूको कुल बहुवर्षीय लागत ५९ करोड ८८ लाख रुपियाँ पुग्ने अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस्