प्युठान।स्वर्गद्वारी नगरपालिका वडा-४ का वडाध्यक्ष सुवर्ण कुमार श्रेष्ठले राजीनामा दिएका छन्।व्यक्तिगत तथा वडा कार्यालयको कामकाजको कारणले आफु ब्यस्त रहने हुँदा शुक्रबार उनले उक्त पदबाट राजीनामा दिएको पत्र मार्फत उल्लेख गरेका छन्।
स्वर्गद्वारी नगरपालिकाको भौतिक पूर्वाधार विकास समिति सदस्य,लेखा समिति सदस्य र बाँझीपुरमा रहेको अमर क्याम्पसको व्यवस्थापन समिति सदस्यबाट राजीनामा दिएको उनको आधिकारिक फेसबुक पेज मार्फत सार्वजनिक गरेका छन्।
उनले राजीखुशीका साथ उक्त पदबाट स्वेच्छाले राजीनामा दिएको लेखेका छन्।वडाध्यक्ष श्रेष्ठ सामाजिक काममा सक्रिय देखिन्छन्।
