प्युठान।मगर समुदायले आज ४३ औं मगर संघ स्थापना एवम् मगर एकता दिवस मनाउँदैछन्।प्युठानका नौ स्थानीय तहहरु मध्ये ४ स्थानीयतहमा मगर दिवसमा सार्वजनिक बिदा दिएका छन्।
२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा मगर समुदायले यस दिन मगर एकता दिवसको रुपमा मनाउँदै आएका छन्।
स्थापना दिवस परम्परागत भेषभुषासहितको र्याली प्रदर्शनी तथा सोरठी, कौडा, सालैजो र घाटु नाचसहित मनाइने प्रचलन रहेको छ।मगर समुदायले फागुन १५ गते सार्वजनिक विदा दिनुपर्ने, नेपालका प्रथम शहीद भनिने लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएका छन्।तर आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको मागलाई सरकारले सधैं बेवास्ता गरेको उनीहरुको गुनासो छ ।