समय : ०९:२८ am | मङ्गलबार , माघ २२ गते २०८१

प्युठानमा अबैध सम्वन्ध लुकाउन हत्या:प्रहरीले गर्यो सार्वजनिक

स्वर्गद्वारी अपडेट | माघ २० गते २०८१

प्युठान – प्युठानको ६९ वर्षीय चिन्तामणी उपाध्यायको हत्या आरोपमा पक्राउ परेका २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

हत्या आरोपमा पक्राउ परेका गौमुखी गाउँपालिका ५ खालका  ५१ वर्षीय लोक बहादुर गिरी र सोहि वडाको गोलढुङ्गा बस्ने ५० बर्षिय जेदु कुमारी न्यौपानेलाई  जिल्ला प्रहरी कार्यालय प्युठानले  आज (आइतबार) सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानले घटनामा संलग्न रहेका २ जना अभियुक्तलाई पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो।यहि १८ गते बिहान ८:३० बजे गौमुखी गाउँपलिका वडा ५ उपल्लो फुर्सेधारा स्थित खुंग – नारिकोट जोड्ने कच्ची भित्री सडक बाटोमा उपाध्यायको शव फेलापछी  स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

उनको टाउको,अनुहार,नाक र मुखमा समेत गहिरो चोट लागेको थियो। सुचना प्राप्त हुनासाथ ५० जना भन्दा बढी ‘अपरेसन खुङ’ प्रहरी घटनास्थलमा पुगेको थियो। घटनामा प्रयोग भएको ढुङ्गा र  घरेलु हतियार भरुवा बन्दुकको प्रहारबाट हत्या गरेका थिए। साथमा घटनास्थलबाट भरुबा बन्दुकको भाचिएको बटको ३ थान टुक्रा र घटनास्थलको खुट्टाको छापको नमुना शंकलन गरेको थियो।

प्रतिवादी गिरी र न्यौपानेका बिचमा लामो समयदेखी अबैध शारिरिक सम्वन्ध रहदै आएको जिल्ला प्रहरी निरिक्षक तथा सुचना अधिकारी केशव केसीले  जानकारी दिए।उक्त सम्बन्ध बारे मृतक उपाध्यायलाइ जानकारी रहेकोले रातिको समयमा जङ्गलमा बोलाएर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको उनको भनाई  छ।दुबै जनाको अबैध सम्वन्धका बिषयमा स्थानियलाई जानकारी रहेको तर कुनै प्रमाण फेला नपरेकोले गुपचुप रहेका थिए।  

प्रतिवादी न्यौपानेका श्रीमान रोजगारीका लागि भारतमा रहेको र अर्का प्रतिवादी गिरीको भने २ वटा घर भएकाले बिभिन्न बहानाबाजीमा प्राय एकसाथ रहेने गरेको प्रहरीले बताएको छ।  

प्रहरीले अनुसन्धानका क्रममा उनीहरुबाट एक थान भरुवा बन्दुक, मोबाइल र नगद ७ हजार रुपैया बरामद गरेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्