समय : ११:३६ am | बुधबार , माघ २३ गते २०८१

 तेजेन्द्र बुढाको नेतृत्वमा फोनिज प्यूठान

स्वर्गद्वारी अपडेट | पौष २८ गते २०८१

प्यूठान । नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्यूठान शाखाको छैठौ अधिवेशन सम्पन्न भएको छ ।

शनिवार  सुचना केन्द्र विजुवारमा सम्पन्न भएको अधिवेशनले तेजेन्द्र बुढा मगरको नेतृत्वमा १३ सदस्यीय नयाँ समिति चयन गरेको हो । जसको उपाध्यक्ष सुवास श्रैष्ठ, सचिव सुशिला बुढा मगर, सह सचिव सुरज पुन मगर र कोषाध्यक्षमा केदार थापा मगर चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा स्मृति घर्तीमगर, विवश घर्तिमगर, विष्णु राई, गोमा घर्तिमगर, खगेन्द्र थापा मगर, विष्णु पुन मगर, केशव श्रेष्ठ र आइविर थापा मगर निर्वाचित भएका छन् । प्रदेश महाधिवेशन प्रतिनिधिमा सुजल श्रेष्ठ  र केन्द्रिय महादिवेशन प्रतिनिधिमा मित्र थापा चयन भएका छन् ।

“संचारमा समावेशीता, कानुनमा चाहियो, व्यवहारमा पनि” भन्ने नाराका साथ सम्पन्न अधिवेशनको उद्घाटन सत्र नौबहिनी गाउँपालिका प्यूठानका अध्यक्ष दिल बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो । उक्त अधिवेशनमा पत्रकार महासंघ प्यूठानका पूर्व अध्यक्षहरु, संगठनका अध्यक्षहरु, सञ्चारिका समुह, दलित पत्रकार संघ लगायतका सञ्चार क्षेत्रमा आवद्ध पत्रकारहरुको सहभागीता रहेको थियो । फोनिज जिल्ला शाखा प्युठानका अध्यक्ष सुजल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन फोनिज प्यूठानका सचिव तेजेन्द्र बुढामगरले गरेको थिए । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्