प्युठान।नेपालीहरुको महानचाड तिहार आगनमै आईपुग्दा बिपन्न बर्गका समस्यालाई बुझ्दै प्युठान नगरपालिकाले खाद्यान्न सहयोग गरेको हो।बिहिबार प्युठान नगरपालिका वडा ५ जुम्रीकाढा ठुलोगाउँस्थित बिपन्न परिवारहरुलाई चाडपर्वको अबसरमा खाद्यान्न बितरण गरेका छ।
प्युठान नगरपालिकाका सबै वडाहरुमा रहेका बिपन्न परिवारका लागि पहिलो चरणको खाद्यान्न वितरण शुरु गरिएको नगरप्रमुख बिष्णु योगीले बताए।‘भेटघाट तथा छलफल गर्दै उहाँहरुको समस्यालाई नजिकबाट बुझ्ने मौका हो।’ नगरप्रमुख योगीले भने-‘उहाँहरु संग समन्वय गर्दै उहाँहरुको अति आवश्यकता कुराहरुलाई पालिकाले कसरी सम्बोधन गर्न सक्छ भन्ने उदेश्यले यो कार्यक्रम पालिकाका दश वटै वडामा निरन्तर हुने नगरप्रमुख योगीले बताए।बिपन्न वर्ग जो अशक्त तथा बेसाहारा परिवारलाई प्राथमिकतामा राखेर यो कार्यक्रम लागु गरिएको नगरप्रमुख योगीको भनाई छ।
नगरपालिकाले दाल,चामल,नुन,तेल,चिनी लगाएतको १५ घर बिपन्न परिवारलाई खाद्यान्न सामाग्रीहरु वितरण गरेको हो।प्युठान नगरपालिकाको २०८१/०८२को वार्षिक कार्यक्रम अनुसार मेयर कोष अन्तर्गत यो कार्यक्रम प्यु.न.पा १ र २ वडामा सम्पन्न गरिएको छ।