समय : १०:३० pm | मङ्गलबार , मंसिर १८ गते २०८१

विपदबाट घाइतेहरु उपचारबाट बञ्चित हुनुपर्दैन : मन्त्री पौडेल

स्वर्गद्वारी अपडेट | असाेज १७ गते २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपदबाट घाइते भएका कोही पनि उपचारबाट वञ्चित हुन नपर्ने बताएका छन् ।

आज राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको अवस्थाबारे जानकारी दिँदै उनले भने, ‘कुनै पनि घाइतेहरु उपचारबाट वञ्चित हुनुपर्दैन, उपचाररत घाइतेको जस्तोसुकै जटिल अवस्थाको उपचार निःशुल्क हुनेछ ।’

उनले विपद्को बेला सबैले सहयोग गर्नुपर्ने उल्लेख गर्दै सबै स्वास्थ्य संस्थालाई प्रभावकारी ढंगले सेवा उपलब्ध गराउन निर्देशन दिएको बताए । मन्त्री पौडेलले घाइतेले उपचारका लागि स्वास्थ्य संस्थामा जान र आउन नसक्नेलाई अस्पतालले ल्याउने व्यवस्था पनि गरिने जानकारी दिए ।

विपद्ले महामारीजन्य रोग निम्त्याउन सक्ने भएकाले शुद्ध खानेपानीका सम्बन्धमा खानेपानी मन्त्रालयसँग संयुक्त बैठक बसिसकेको उनको भनाई छ।

हालसम्म ट्रमा सेन्टरमा २४ जना घाइतेले उपचार गराइसकेका छन्, जसमा १३ जना डिस्चार्ज भइसकेका छन् भने केहीको शल्यक्रिया गरिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्