समय : १२:०० pm | शुक्रबार , कार्तिक २ गते २०८१

झिमरुक नदीको कस्तो सान

स्वर्गद्वारी अपडेट | असाेज १७ गते २०८१

जगत पोखरेल  

झिमरुक नदीको कस्तो सान  

रोपिन्छ सधैं फाँटमा गहुँ र धान

वारी र पारी बस्ति नै बसाई

हिडिरहेको झिमरुक सबैलाई हँसाई।

वारी र पारी डाँडा र पाख

बगिरहन्छ यो सधैं एकनास

जलस्रोत धनि छ राम्रो प्युठान ठाउँ

बिजुली बलेको छ यहाँ गाउँ गाउँ ।

हिउद र वर्षा सिंचाई दिन्छ

अन्न र पात उब्जाई दिन्छ

हावा र पानी सबै मिलेको ठाउँ

झिमरुक नदीको हो यसको नांउ।

चेरनेटा बाट हेर्दा देखिन्छ राम्रो

बस्ति र फाँट खैराको हाम्रो

बिकासमा यहाँ सबै ध्यान लगाउ

एकजुट भई काँधमा काँध  मिलाउ ।

झिमरुक नदीको गौमुखी सिर

रुक्दैन कहिले बढ्छ अघि तिर

यहिँ नै हो प्युठानको प्यारो नदि राम्रो

जिउन दिएको छ गाँस बास हाम्रो ।

नाम अर्को छ धर्मावती हाम्रो

गौमुखी शिर ठाउ अति नै राम्रो

झिमरुक नदि चिनिन्छ यहाँ

प्युठान उज्यालो भइरहेको जहाँ ।

हजारौ खोला मिलि बनेको झिमरुक राम्रो

अन्न र पातको भण्डार हाम्रो

दुवै किनारा फाँट र बस्ति

हेर्दा प्युठान कति राम्रो छ नि ।

दिदीबहिनी भन्छन झिमरुक माडी

ऐरावती पुगी भेट हुन्छन यी दुवै जना  

झिमरुक माडी त्यही मिसिन्छन दिदीबहिनी

ऐरावती भनि त्यसको नाम दिन्छन।      

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्