समय : १०:४८ pm | मङ्गलबार , मंसिर १८ गते २०८१

पाल्पा स्वास्थ्य कार्यालय लुम्बिनी प्रदेशकै उत्कृष्ट

स्वर्गद्वारी अपडेट | असाेज १७ गते २०८१

दाङ। आर्थिक वर्ष २०८०/०८१ मा स्वास्थ्य कार्यालय पाल्पा लुम्बिनी प्रदेशमै प्रथम भएको छ।गत आवमा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक प्रगतिको मुख्य सूचकाङ्कको मुल्याङ्कनको आधारमा पाल्पा जिल्ला प्रथम भएको हो।रोल्पा द्धितिय र गुल्मी तृतिय भएको छ ।

यस्तै अस्पताल तर्फ बर्दिया अस्पताल प्रथम भएको छ भने भने लुम्बिनी प्रादेशिक अस्पताल बुटवल द्धितिय र अर्घाखाँची अस्पताल तृतिय भएको छ । आयुर्वेद तर्फ अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र प्रथम भएको छ भने लुम्बीनी आयुर्वेद चिकित्सालय द्धितिय र कपिलबस्तु आयुर्वेद चिकित्सालय तृतिय भएको छ । स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेशस्तरीय समिक्षा कार्यक्रममा उत्कृष्ट स्वास्थ्य कार्यालय, आयूर्वेद चिकित्सालय र अस्पतालहरुलाई पुरस्कृत गर्दै सबै अस्पताल, स्वास्थ्य कार्यालय र आयूर्वेद चिकित्सालयको सेवालाई गुणस्तरीय बनाउन निर्देशन दिए । ‘यहाँबाट जारी भएको घोषणापत्रको अक्षरस पालना गर्दै सवै स्वास्थ्य संस्थाको सेवाप्रवाहलाई गुणस्तरीय बनाउन जरुरी छ-उनले भने,‘सबै निकायविचको सहकार्यले उत्कृष्ट बनाउन सकिन्छ ।’

प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ लाई संशोधन गरी प्रदेशका विपन्न नागरिक स्वास्थ्य उपचार आर्थिक सहुलियत कार्यक्रम जिल्ला स्थित स्वास्थ्य कार्यालयमार्फत सिफारिस हुने व्यवस्था मिलाउनेगरी कार्यविधि संशोधनको तयारी समेत गरिएको जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशमा १२ वटा स्वास्थ्य कार्यालय, १३ वटा आयूर्वेद चिकित्सालय तथा स्वास्थ्य केन्द्र छन् । यस्तै १४ वटा अस्पताल छन् । स्वास्थ्य कार्यालय, आयूर्वेद चिकित्सालय तथा स्वास्थ्य केन्द्र र प्रादेशिक तथा जिल्ला तहमा रहेका अस्पतालले दिने सेवा प्रवाह, सेवाग्राहीको सन्तुष्टी लगायतका बिषयलाई समेटेर तयार पारिएको सुचांकको आधारमा उत्कृष्ट घोषणा गरिएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्