दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वदेशी तथा विदेशी पर्यटकहरुलाइ लुम्बिनी प्रदेश भ्रमण गर्न आह्वान गरेका छन्।
दाङकाे घाेराहीमा आयाेजना गरिएको विश्व पर्यटन दिवस कार्यक्रमलाइ सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले `लुम्बिनी घुमाैं´ अभियानलाई व्यापक बनाउने उद्घाेष गरेका छन्।`म सबैमा आह्वान गर्न चाहन्छु, लुम्बिनी प्रदेशकाे एक पटक अवश्य भ्रमण गराैं´उहाँले भन्नुभयाे-`लुम्बिनी प्रदेश पर्यटनकाे केन्द्र हाे । हरेक हिसाबले लुम्बिनी समृद्ध छ । हाम्रो प्रदेश मिनि नेपालकाे रुपमा स्थापित छ । एकपटक लुम्बिनी भ्रमण गर्न सबैमा निमन्त्रणा गर्दछु ।´
लुम्बिनी प्रदेश सरकारले लुम्बिनी पर्यटन सर्किटलाई स्थापित गर्ने बताए।`लुम्बिनी आएका पर्यटकलाई १२ जिल्लाकाे भ्रमण गराउनेगरी पर्यटन सर्किट बनाउने गरि काम भइरहेको छ´उनले भने -`विदेशी पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय स्तरमा पनि समन्वय भइरहेको छ ।´ प्राकृति रुपमा लुम्बिनी समृद्ध रहेकाे र यसबाट विकासकाे आधार निर्माण गरिने बताए ।`लुम्बिनी प्रदेश पर्यटक दृष्टिकोणले एक नम्बरमा पर्छ । पर्यटनकाे प्रचुर सम्भावना छ´उहाँले भन्नुभयाे-`विभित्र जातजाति, समुदायकाे कला संस्कृतिले लुम्बिनीकाे पहिचान विश्व समुदायमा पुगेकाे छ ।´
लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाएकाे छ । उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद र घाेराही उपमहानगरपालिकाकाे संयुक्त आयाेजनामा ४५ औ पर्यटन दिवस घाेराहीमा मनाइएको हाे । पर्यटन, न्याय र शान्ति मुल नारा सहित उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्याैपानेकाे अध्यक्षतामा कार्यक्रम भएको थियाे ।
कार्यक्रममा घाेराही उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख हुमाकुमारी डिसीले पर्यटनकाे विकास बाट समृद्धी हासिल गर्न सकिने प्रसस्त आधारहरु रहेकाे बताए ।`पर्यटन दिवसले राेजगारीकाे अवसर सृजना गर्छ । स्थानीय उत्पादनकाे बजारीकरण गर्न मद्दत गर्छ । यसले समग्र विकासमा टेवा पुग्ने उनको भनाई छ ।