समय : ०२:३९ pm | शुक्रबार , कार्तिक २ गते २०८१

देशभर बदली : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

स्वर्गद्वारी अपडेट | असाेज ९ गते २०८१

काठमाडौं जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको आंशिक प्रभाव समेत रहेको छ ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसोː देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन रचट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ।

आज रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्