समय : ०४:४८ am | बुधबार , माघ १५ गते २०८१

देशभरमा ९६ प्रतिशत रोपाइँ

स्वर्गद्वारी अपडेट | श्रावण २३ गते २०८१

मनसुन सक्रिय भएसँगै देशैभरका ९६.३ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ ।कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार आइतबारसम्ममा देशको ९६.३ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको हो।

नेपालमा करिब १४ लाख १ हजार हेक्टर खेतधान खेतीका लागि योग्य छ । त्यसमध्ये, आइतबारसम्ममा १३ लाख ४९ हजार हेक्टर खेतमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । सो अवधिसम्ममा सुदूरपश्चिम प्रदेशको सबै स्थानमा रोपाइँ सकिएको छ।

कुन प्रदेशमा कति भयो रोपाइँ ?

सुदूरपश्चिममा एक लाख ७४ हजार पाँच सय ७६ हेक्टरमा रोपाइँ भएको छ । सबैभन्दा कम धान रोपाइँ हुने कर्णालीमा ९९.२ प्रतिशत रोपाइँ सकिएको छ ।

कर्णालीमा ४१ हजार नौ सय चार हेक्टरमा रोपाइँ हुनेछ । त्यस्तै, सबैभन्दा धेरै धान रोपाइँ हुने क्षेत्रफल रहेको लुम्बिनीमा ९६.७ प्रतिशत रोपाइँ सकिएको छ । यहाँ तीन लाख ११ हजार ६ सय ४३ हेक्टरमा रोपाइँ हुने गरेको छ । गण्डकीमा ९६.१ प्रतिशत रोपाइँ सकिएको छ ।

बागमती प्रदेशमा ९४.९ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । बागमतीमा एक लाख १४ हजार पाँच सय ६१ हेक्टरमा रोपाइँ हुने अनुमान छ । सबैभन्दा धेरै धान उत्पादन हुने मधेशमा ९५.४ प्रतिशत रोपाइँ सकिएको छ ।

यहाँ तीन लाख ८६ हजार एक सय ५० हेक्टरमा रोपाइँ हुने अनुमान छ । कोशीमा ९५ प्रतिशत रोपाइँ सकिएको छ । यहाँ दुई लाख ७६ हजार तीन सय ८६ हेक्टरमा रोपाइँ हुने अनुमान छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्