जगत प्रसाद पोख्रेल
कहिले ग्रासरुट अभियान
कहिले रुपान्तरण अभियान
कसैले घरदैलो अभियान
यी सबै जनतामा भ्रम छर्ने अभियान ।
नारा मात्र सिमित छ यहाँ
बलिदानी त्यागको कुनै
मान्यता छैन यहाँ
यहाँ केवल गुट उपगुट।
१० वर्षे जनयुद्ध होस्
२०५४,०४६को आन्दोलन
२०५२ सालको जनयुद्ध होस्
इतिहास साक्षी छ।
सहिद घाइते,अपाङ्ग
वेपत्ता परिवार बिचल्ली छ
जनतामा आशा निरास छ
जनता छट पटाई बाच्न बाध्य छ।
गरिव बेरोजगार बढिरहेछ
परिवर्तन नेतामा मात्र सिमित छ
जनताको ढाडमा टेकी राजनैतिक
विकृति विसंगति झाँगी रहेछ।
देश भ्रस्टाचारले गलिरहेछ
इतिहास साक्षी छ
देश नराम्रो थालिएको छ
बेरोजगार युवा युवती
देश छोड्न बाध्य परेको छ।
२०६२/०६३ को जन आन्दोलन-एक्काईसौं शताब्दीको
केवल सपना मात्र – माग गरी रहेछ
गणतन्त्रको यो देश – बिचलनबाद होईन
गुट उपगुट जरा गाडेको छ –हार पछी जित अवस्य छ ।
योग्यता क्षमता कुनै मुल्यांकन छैन –क्षति पछिको उपलब्धि
संख्या होईन गुणको खोजि गर्नुछ –फेरी एक पटक फर्केर हेरन
रुपान्तरण आजको आवस्यकता –ईतिहास साक्षी छ
जनताको गुनासो हिम्मतका साथ सुन्नुपर्छ यहाँ ।
गुट उपगुट अन्त्य गर्दै
रुपान्तरणको पाइला चालौ
अगाडी बढ्न छ यहाँ
कसैको ग्रास रुट अभियानमा
कसैको घरदैलो अभियानमा
ईतिहास साक्षी छ ।
कसैको राजा फर्काउ अभियान
कसैको घन्टी बजाऊ अभियान
जता पायो उतै दौडने अभियान
यहाँ जनता सम्वृद्धि
चाहिरहेछ यहाँ ।
आत्मनिर्भरको पाईला चाल्दै
नयाँ सोच विचार साथ
आगाडी बडदै नयाँ नेपाल
सपना मात्र सिमित बन्दै छ यहाँ।