समय : १०:१४ am | शुक्रबार , कार्तिक २ गते २०८१

प्युठानमा बाढीले फलामे पुल र सडक बगायो

स्वर्गद्वारी अपडेट | श्रावण १० गते २०८१

प्यूठान।प्यूठान नगरपालिका वडा नम्बर ९ स्थित बुढादेबी खोलाले बिहिबार करिव ५ बजे परेको वर्षातको कारण फलामे फुल र सडक बगाएको छ।

बिहीवार बेलुका करिब ५ बजेतिर परेको वर्षाले आएको खोला बुढादेबी बजारमा छिरेपछि स्थानीयको घरमा क्षती पुगेको छ।बुढादेबी बजारका करिब ७ घर र एक बोर्डिंङ स्कुल उच्च जोखिममा रहेको स्थानीय आत्माराम सुनारले जानकारी दिए।

बुढादेबीखोलामा खोला सागुरो बनाएर फलामे पुल निर्माण भएपछि खोला बजारमा पसेको स्थानीयले बताएका छन् । उक्त खोलाको आसपासका कैयन रोपनी धान बाली लगाएका खेत पुरिएको अवस्थामा रहेको छ ।

बाढिले बगाउँदा स्थानीय सृजनशिल तारा इङलिस बोर्डिङ स्कुलको फर्निचर एउटा कोठा ट्वाइलेटमा समेतमा क्षती पुर्याएको छ।अहिले बोर्डिङबाट खोला बगिरहेको स्थानीयले जानकारी दिएका छन।मानवीय क्षति कुनै नभएको स्थानीयले बताएका छन।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्