समय : ०६:३७ pm | बिहिबार , पौष ११ गते २०८१

कुमिकोट खैरामा २ महिने सिलाई कटाई तालिम सम्पन्न

सन्तोष सुनार | जेठ १० गते २०८१

प्यूठान । जिल्लाको मल्लरानी गाउँपालिका ५ कुमिकोट खैरामा २ महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत र वडा कार्यालयको साझेदारीमा सञ्चालन गरिएको २ महिने सिलाई कटाई तालिम बुधबार सम्पन्न भएको हो । तालिममा ठाका लगाउने, डाफ्ट बनाउने, मेसिन चलाउन, नापजाँच गर्न, कपडा कटिङ गर्न , फिनिसिङ गर्ने ( बुलज , मेक्सि , कुर्ता सुरुवाल , सारी, पेटीकोट ) तथा महिलाहरुले प्रयोग गर्ने लगायतका कामहरु सिकाईएको मल्लरानी गाउपालिकाको उद्यम विकास सहजकर्तामा कार्यरत फुलमाया विकले स्वर्गद्वारी अपडेटलाई बताइन ।

वडाको विभिन्न गाउँ टोलमा छरिएर बस्नु भएका महिलाहरूको लागि सिपमूलक तालिम दिन र सिप आर्जन गर्नको लागि सिपमुलक तालिम सञ्चालन गरिएको वडा अध्यक्ष गोपाल बहादुर थापाले बताए । हातमा सीप भए कोहि पनि मानिस बेरोजगार बस्नु नपर्ने र कसैको भर नपर्नुपर्ने बताउदै तालिममा सिकेको सीपलाई व्यवहारमा उतारेर सहभागीहरुलाई आत्मनिर्भर र स्वरोजगार बन्न वडा अध्यक्ष थापाले आग्रह समेत गरेका छन । तालिममा सहभागीहरूलाई पुनः प्रशिक्षण दिने वडा अध्यक्ष थापाको भनाई रहेको छ ।

तालिमको प्रशिक्षक धेरै पुरानो समयसम्म आफ्नो सिलाई क्षेत्रमा अंगाल्दै आएका प्युठान नगरपालिका २ दाखाक्वाडीमा व्यवसायी गर्दै आएका जय गोपाल टेलर्सका सञ्चालक गोपाल परियारले दिएका हुन । तालिम लिने १२ जना रहेका थिए । तालिम २०८० चैत्र ९ गतेदेखि सञ्चालन भएको २०८१ वैशाख ९ गते सम्म गरिएका हो । तालिममा सहभागीहरुले सिप सिक्न पाउदा खुसी भएको बताउदै सिपको सदुपयोग व्यवहार ल्याउने समेत बताएका छन ।तालिममा सहभागीहरुलाई प्रमाण पत्र पनि प्रदान गरिएको छ । लघुउद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत सिपमुलक तालिमका लागी ३ लाख २२ हजार रुपैया बजेट छुट्याइएको छ ।

तालिमको समापन कार्यक्रममा वडा अध्यक्ष , सदस्यहरु , प्रशिक्षण , तालिम लिने सहभागीहरुको उपस्थित रहेको थियो भने समापन सञ्चालकको भुमिका सचिव साधना पौडेलले गरेकी हुन । साथै यस वडामा एक महिने बुटिङ तालिम पनि दिएको छ । अबका केही समयपछि कुखुरापालनको तालिम दिने वडा कार्यालयले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्