समय : ०५:११ am | सोमबार , कार्तिक ११ गते २०८१

पातिहाल्नमा मुढा बुन्ने सिपमुलक तालिम सम्पन्न

सन्तोष सुनार | जेठ ९ गते २०८१

प्यूठान । जिल्लाको प्यूठान नगरपालिका १० पातिहाल्नमा मुढा सिपमुलक तालिम सम्पन्न भएको छ ।

बैशाख २६ गते देखी सुरु भएको १५ दिने मुढाको तालिम बुधबार सम्पन्न भएको हो । वडा भित्रमा रहेका स्थानियलाई खाली समयको सदुपयोग र बेरोजगारी समस्याहरुलाई केही मात्रमा कम गराउन उदेश्यको साथ मुढा बुन्ने तालिम दिएको वडा अध्यक्ष लोक बहादुर केसीले स्वर्गद्वारी अपडेटलाई बताए । मुढा बुन्ने तालिम दिदा स्थानीयहरुले मुढा बुनेर आर्थिक आर्जनमा सहज ,क्षमताको विकास , सिपको विकास हुने भएकाले सिप मुलक तालिमको व्यवस्था गरेको वडा अध्यक्ष केसीले बताए ।

मुढा बुन्ने तालिम सिकाउन प्यूठान नगरपालिका २ भिमा वि.क. लाई ल्याएर दिइएको हो । समुदायका विपन्न तथा आदिवासी, दलित समुदायलाई लक्षित गरि स्वरोजगार बनाउन मुडा बुन्ने तालिम दिइएको वडा कार्यालयले जनाएको छ ।बाँस र बेतवाँसबाट निर्माण हुने मुडा तालिममा सिपमुलक तालिमका लागी वडा कार्यालयबाट रु १ लाख रुपैया छुट्याईएको हो । तालिम लिने २० जना रहेका थिए । तालिममा सहभागीलाई प्रमाण पत्र समेत प्रदान गरिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्