समय : ०५:३८ am | आइतबार , भाद्र २२ गते २०८१

नमस्ते प्युठान यातायातको अनलाइन टिकट सेवा

स्वर्गद्वारी अपडेट | वैशाख १५ गते २०८१

प्युठान।नमस्ते प्युठान यातायात सेवा प्रा.ली ‘बस सेवा’ले शुक्रबार देखि अनलाइन टिकट बुकिङ सेवा शुरू गरेको छ।सेवाग्राहीले थप शुल्कविना सरकारले तोकेकै भाडादरमा टिकट बुक गर्न सक्ने कम्पनीले बताएको छ ।

चाड पर्वको बेला अत्याधिक यात्रुहरुको चाप हुने हुँदा मानिस राजधानीबाट बाहिरिने गरेका छन्।यात्रुले टिकटका लागि काउन्टरमा दिनभर लाइन लाग्न नपरोस् भनेर अनलाइन सेवा शुरू गरेको नमस्ते प्युठान यातायात सेवा प्रा.ली प्युठानका महासचिव मुकेश थापाले बताए।

'चाड पर्वमा टिकट बुकिङ व्यवस्थित बन्न नसक्दा रातिदेखि नै मानिसहरू काउन्टरमा लाइन लाग्न पुग्ने गरेका छन्।'उनले भने –' यो समस्याको व्यवस्थापन तथा यात्रुको सहज सुविधाका लागि अनलाइन बुकिङ खोलिएको कम्पनीका महासचिव थापाले बताए।' बुकिङपूर्व भाडा, बसको सुविधा, सिट, गाडीको प्रकार, नम्बर लगायत सबै जानकारी लिन सकिने थापाले बताए।ई–सेवा, र खल्ती एप्स बाट टिकट बुक गर्न सकिन्छ।बुकिङपछि ईमेलमा आएको टिकट वा मोबाइलमा स्क्रिनसट देखाएर यात्रा गर्न सकिन्छ। साथै एयर कन्डिसनर बस सेवा अबको २ महिना पछी विस्तार गर्ने योजना रहेको कम्पनीले बताएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्