समय : ०८:२९ am | आइतबार , भाद्र २३ गते २०८१

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार बढी परीक्षार्थी सहभागी हुँदै

स्वर्गद्वारी अपडेट | वैशाख १४ गते २०८१

स्वर्गद्वारी अपडेट समाचार डेक्स । कक्षा १२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मा अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन् ।

त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् । परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको अध्यक्ष शर्माले जानकारी दिए।

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुने भएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्