समय : ०५:३१ am | आइतबार , भाद्र २२ गते २०८१

ठेक्का भएको ६ वर्षसम्म पनि पुल बनेन

स्वर्गद्वारी अपडेट | चैत्र १४ गते २०८०

प्युठान।प्युठानको ऐरावती गाउँपालिकाको झिवाङ र धुवाँङ् जोड्ने झिमरुक नदीको पक्कि पुल  ठेक्का भएको छ वर्ष सम्म पनि बनेको छैन।पुल बन्छ र आवत जावतमा सजिलो हुन्छ भनेर आशमा बसेका स्थानीय पुलका पिल्लर हेर्दै झोलुङ्गे पुलबाट यात्राबाट गरिरहेका छन्।

२०७४ पुषमा सम्झौता गरि तीन वर्ष भित्र निर्माण गरिसक्ने १ सय ५ मिटर पक्कि पुल सपना जय बागेश्वरी जेभी कम्पनिले ठेक्का पाएको थियो। ठेक्का पाएको छ वर्ष बित्यो, एक पटक म्याद थप भयो तर पुलको काम भने १० प्रतिशत मात्रै सम्पन्न भएको सडक डिभिजन कार्यालय प्युठानका सुचना अधिकारी राजेन्द्र कार्कीले बताए।'पुलको डिजाईनमा  समस्या देखिएपछी पुल अलपत्र परेको हो' उनले भने –'पुलको फेरी नयाँ डिजाईन स्वीकृत भएको १ वर्ष बित्यो,हामीले तारन्तार निर्माण कम्पनीलाई जानकारी गराएको छौ।' २०८० असार मसान्त सम्म सो पुल सम्पन्न गर्ने गरी म्याद थप गरे पनि उक्त पुल निर्माण गर्ने काम अझै नभएको सडक डिभिजन कार्यालय प्युठानका सुचना अधिकारी कार्कीले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए।       

पहिलो सम्झौता अनुसार कर सहित १२ करोड २४ लाख ५९ हजार रुपैयाँ लागतमा निर्माण गर्ने गरी ३ वर्षको अवधिमा गरिसक्नु पर्ने सर्त सहित सम्झौता भएपनि हाल सम्पन्न भएको छैन।सो पुल निर्माणको म्याद थप गरे पनि हाल सम्म निर्माण कम्पनीले कुनै चासो देखाएको छैन।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्