समय : ०८:४४ am | आइतबार , भाद्र २३ गते २०८१

नौबहिनीमा कृषि तथा पर्यटन प्रवर्द्धनका लागि महोत्सव हुँदै

स्वर्गद्वारी अपडेट | चैत्र ३ गते २०८०

प्युठान।प्युठानको नौबहिनी गाउँपालिका खलेसवाङमा  कृषि तथा पर्यटन प्रवर्द्धनका लागि चैत्र २९ गतेदेखि बैशाख ३ गतेसम्म  कृषि तथा पर्यटन महोत्सव आयोजना गर्ने भएको छ। 

कोठिभिर विकास केन्द्र नेपालको आयोजनामा स्याउलीबाङको कोठीभिरको काखमा अवस्थित खलेसवाङमा तेस्रो नौबहिनी कोठिभीर कृषि,पर्यटन महोत्सव हुने भएको छ। सो  महोत्सव पाँच दिन महोत्सव चल्नेछ।

यहाँका उत्पादनको बजारीकरणमा समेत महोत्सवले टेवा पुर्याउने कोठिभिर विकास केन्द्र नेपालका अध्यक्ष पूर्ण बुढामगरले बताए।महोत्सव जिल्लाको उच्च स्थानमा रहेको कोठीभिर ,नौबहिनी र यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने नौबहिनी गाउँपालिकाकाका अध्यक्ष दिल बहादुर थापाले बताए।प्राकृतिक मनोरमका दृश्यको अवलोकन गर्दै महोत्सवमा सहभागी हुन् अध्यक्ष थापाले आग्रह गरेका छन् ।

नौबहिनिमा उत्पादित कृषिउपज प्रदर्शनी, धार्मिक कलासंस्कृति प्रदर्शनी,राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहनेछ। 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्