समय : ०६:४४ am | आइतबार , भाद्र २३ गते २०८१

खेल व्यवस्थित बनाउन मन्त्री थापाको सुझाव

स्वर्गद्वारी अपडेट | माघ २५ गते २०८०

प्यूठानतेह्रौ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट प्यूठानमा शुरु भएको छ।गणतान्त्रिक खेल मैदान बिजुवारमा आज लुम्बिनी प्रदेशका उद्योग तथा यातायात ब्यबस्था मन्त्री सरोज थापा (रोज राणा) ले उद्घाटन गरेका थिए ।

उक्त प्रतियोगितामा जिल्लाका नौ वटै स्थानीय तहहरु सहभागी भएका छन् । कराते र तेक्वान्दो खेल पुण्यखोला कवर्ड हलमा हुनेछ भने बाकी कबड्डी, भलिबल र एथलेटिक्स बिधाका खेलहरु गणतान्त्रिक खेल मैदान बिजुवारमा संचालन हुने आयोजकले जनाएको छ ।

खेल उद्घाटन सत्रमा कार्यक्रम सञ्चालन लगायतका बिषयलाई अव्यवस्थित र भद्रगोल भएको भन्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री  थापाले आक्रोस व्यक्त गरेका थिए।उक्त प्रतियोगिता तिन सम्म संचालन हुनेछ।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्